आफैं संकटमा फसेको भारतले नेपालमा ठूलो लगानी भित्र्याएर बढ्दो चिनियाँ सहयोग र प्रभावलाई रोक्न खोजेको भन्दै चीनले दियो यस्तो चुनौती
काठमाडौं,१२ भदौ | भारतीय अर्थतन्त्र आफैं संकटमा फसेको बेला भारतले नेपालमा ठूलो लगानी भित्र्याएर बढ्दो चिनियाँ सहयोग र प्रभावलाई रोक्न नसक्ने चिनियाँ अखवार ग्लोबल टाइम्सले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमणलाई सन्दर्भ पारेर प्रकाशित एक समाचारमा भारतले आर्थिक सहयोग र लगानी बढाएर चीनको प्रभावलाई नेपालमा रोक्न संभव नभएको बताएको हो ।
‘अहिलेको अवस्थामा नयाँदिल्लीले चीनको क्षेत्रीय प्रभावलाई किनारा लगाउन सक्दैन । किनकी चीनले भारतले भन्दा कयौ बढी लगानी नेपालमा गरेको छ’ अखवारमा प्रत्यक्ष वैदेशिक लगानीमा चीनले ८ दशमलव २ बिलियन अमेरिकी डलर प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।
पछिल्लो बर्ष चीनले भारतलाई प्रत्यक्ष लगानीमा धेरै पछि पारेको छ भने चीनको ‘वान बेल्ट, वान रोड’ परियोजनामार्फत नेपालमा थप लगानी भित्रिंदैछ । तर भारतले नेपाललाई नेपालको विकासका लागि सहयोग गर्न खोजेको हो भने त्यो सकारात्मक रहेको पनि अखवारले जनाएको छ ।
‘यदि भारत चीनको नेपालमा बढ्दो प्रभावलाई काउन्टर गर्न नेपाललाई ठोस आर्थिक सहयोग गर्न चाहान्छ भने यसमा हिचकिचाहट गर्नु पर्दैन, सहयोग गर्दा हुन्छ । भारतको आर्थिक सहयोगले नेपाललाई पुनर्निर्माणमा फाइदा नै पुग्छ’ अखवारले उल्लेख गरेको छ ।
नेपाल र चीनबीच पछिल्लो समय सकारात्मक सम्बन्ध विकास भएकोले नेपालको महत्व बढेको र नयाँदिल्लीले पनि महत्व दिएको जनाइएको छ । ‘नेपालले अहिले नयाँदिल्लीका लागि महत्वपूर्ण रणनीतिक महत्व ओगट्छ । नेपालमा भारतको लगानी बढ्नु नकारात्मक होइन’ ग्लोबल टाइम्स लेख्छ, ‘तर आफ्नै अर्थतन्त्रले कमजोर प्रदर्शन गरेको बेला भारतले नेपाललाई ठूलो आर्थिक सहयोग गर्ने संभावना कम छ । भारतीय अर्थतन्त्र अत्यन्तै तरल छ ।


