प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भरिया बनेर आए : अध्यक्ष थापा

काठमाण्डौ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका भरियाको भएको टिप्पणी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले मुलुकको आन्तरिक विषयलाई भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले बिना प्रसँग प्रस्तुत गरेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष थापाले भने,‘क्षमा याचना अनुसार यो पटक हाम्रो वहुमत पुगेन अर्को पटक संशोधन गर्छौँ भनेर भन्नु कहाँसम्मको राष्ट्रहित हो ?’ हालसालै पार्टी फुटको प्रथम सत्रु नै सत्ता रुढदल भएको टिप्पिणी गर्दै आएका थापाले भारतको चाहना अनुसार संविधान संशोधन गछौँ भन्नु स्वाभिमान संसद र सांसदको मात्रै नभएर सिँगो देशको अवमूल्यन भएको जिकिर गरे ।

भारतले चाहेको अभिष्ट पुरा गर्नको लागि प्रधानन्त्री देउवाले आफु हाजिर भएको पष्टि समेत गरेको आरोप लगाए । अध्यक्ष थापाले पार्टी विभाजनको कुनै पनि चिन्ता नभएको बताउदैै मुलुकका प्रधानमन्त्री अरुको ईशारा र अरुको भरिया भएर आएको अवस्थामा राष्ट्रवादी शक्तिहरु गम्भीर बन्न आग्रह गरे ।

धर्म निरपेक्षता, गणतन्त्र, संघियता नेपालको एजेण्डा नभएको भन्दै प्रधानमन्त्री देउवाले भारत भ्रमणमा त्यसै अनुरुप आफ्ना अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाए । – काठमाण्डू टुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।