धाक लगाएर हिंड्नु इज्जत हुन्छ कि जस्ताको तस्तै भन्दा इज्जत हुन्छ ? : प्रम देउवा

प्रधानमन्त्रीले आन्तरिक मामिलामा हस्तक्षेप हुने संविधान संशोधन गर्छु भनेर भारतमा भनेका हुनाले देशको ठाडो भइरहेको शिर एकाएक निहुरियो भनी देशभरिका मान्छेको प्रतिक्रिया आउँदा मैले बुझ्न नसकेको कुरा बुझ्न खोजेको हुँ ।

छिमेकीको घरतिर फाटेको गुन्द्री काखी च्यापेर जानेहरूले मेरो घरभित्र यति छ र उति छ भन्दै धाक लगाएर हिंँड्नु इज्जत हुन्छ कि जस्ताको तस्तै भन्दा इज्जत हुन्छ ? भूकम्प गयो, पैसा देऊ, बाढी आयो, पैसा देऊ , बिजुली बाल्न पाइएन, पैसा देऊ, बिरामी भइयो, पैसा देऊ भन्दै कमन्डलु लिएर देशाटन गर्ने प्रधानमन्त्री भए सबैको इज्जत आउने शिर उंँचो हुने, संविधान संशोधन गरेरै भए पनि सबैलाई समेट्दैछु भन्दा शिर निहुरिने हुन्छ र ? प्रधानमन्त्रीका वैयक्तिक कमी–कमजोरी हुन सक्छन् ।

संविधान संशोधन गरेर भए पनि सबै नेपालीलाई समान अवसर दिलाउँंछु, राजनीतिक गतिरोध हटाउँछु भनेर आफ्नो घरका सबै कमी–कमजोरी थाहा पाइरहेको छिमेकीसँग भन्दा लज्जास्पद भयो भन्नु मलाई त प्वाल परेको डुङ्गामा बस्ने सबैले डुंगामा पानी पसायो भनेर बोटेलाई सत्तोसराप गरेको जस्तो लाग्छ ।
– गोविन्दराज कोइराला / ईकान्तिपुर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।