पाँच नेताको आँखाको कसिंगर बनेका नारायणकाजीलाई एमालेले भित्र्याउने, काजी लखेटिए पछी बाबुराम भित्रिने यस्तो छ योजना

काठमाडौ, माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको र आफुलाई प्रचण्डले भाउ नदिएको निष्कर्षमा पुगेका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेका छन।एमाले अध्यक्ष केपी ओली बैंकक बाट आए लगत्तै नारायणकाजी एमालेमा प्रवेश गर्ने भएका हुन्।बिद्या भण्डारी राष्ट्रपती भए पछी रिक्त रहेको उपाध्यक्ष पद दिएर एमालेले काजीलाई ससम्मान पार्टी प्रवेश गराउन लागेको हो।

भारतको कट्टर विरोधीको छवि बनाएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेशको तयारी गरेको रहस्य बाहिरिएको छ ।
स्रोतका अनुसार श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग वार्ता गरिरहेका छन् । ‘केपी ओलीसँग कुराकानी चलिरहेको छ’, एमाले उच्च स्रोतले भन्यो, ‘केही कुराहरूमा अझै सहमति भएको छैन । एकदुई दिनमा कुरा मिल्ने संकेत देखिएको छ ।’

माओवादी केन्द्रका अधयक्ष पुष्पकलम दाहाललाई सधै हैरान बनाएका श्रेष्ठको बहिरगमन पछि पार्टी संगठन सम्हालिने एक माओवादी नेताले बताए । ‘माओवादीभित्र बसेर माओवादीको आलोचना गर्दै आउनुभएको छ’, ती माओवादी नेताले भने, ‘यस्ता नेताका कारणले गर्दा सधै अध्यक्ष प्रचण्डलाई समस्या हुने गरेको छ ।’

यसअघि पनि नेता श्रेष्ठले एमालेसँग मिलेर सरकार बनाउनु पर्छ भनेर ठूलै लविङ गरेका थिए । तर, एमालेसँग मिलेर सरकार बनाउँदा स्थानीय तहको निर्वाचनमा पराजिय हुनेभन्दै माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढेका थिए । जसको परिणाम माओवादीलाई ठूलो फाइदा भएको थियो ।

कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरूले काजीलाई देख्न सक्दैनन्। उनलाई कुरौटे र एताको कुरा उता लगाउने नेता भनेर खेदो खन्ने गरेका छन। नारायण काजी लाई लाखेटे पछी बाबुराम भट्टराई माओबादीमा फर्कने जानकारी आए पछी पनि प्रचण्ड काजी लाई वास्ता गर्न छोडेका छन्। – हाम्रो ईकुनीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।