मन्त्रीदेखि कर्मचारीसम्म मिलेर आफूलाई हटाउन लागेको भन्ने समाचार आएपछि कुलमानले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, १३ भदौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफूलाई जोडी संप्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पाएका छन् ।

‘अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम माननीय ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे छ ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न सक्रिय रहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एक दैनिक पत्रिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाख टेकेर घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेको समाचार प्रकाशित भएको थियो ।

https://youtu.be/Pfv9bKC-GbM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।