राजपाका कार्यकर्ताले घेरे एमालेको कार्यक्रम स्थल, प्रहरीसँग झडप, ६ जना घाइते
काठमाडौं । जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् ।
अहिले एमालेको भेला स्थलमा तनाव बढेको छ। प्रहरीले कार्यक्रम स्थललाई घेराउ गरि सुरक्षा दिईरहेको छ । राजपाका नेता कार्यकर्ता भने टायर बालेर सडक अवरुद्ध गरिरहेका छन् ।


