अमेरिकामा नेपाली बालबालिकाहरूले देखाए यस्तो ट्यालेन्ट !

परदेशमा बसेर नेपाल र नेपालीहरूकाे पहिचान जोगाउन मात्रै नभएर उत्थान, प्रबर्द्धन र विकासमा निरन्तर लागिरहेकि, तथा भाषा र साहित्यका माध्यमले अमेरिकामा बसेर नेपाल र नेपालीकाे लागि पहिचान गराउन दशाैं बर्ष अगाडिदेखि निरन्तर साधना गरिरहेकि नेपाली चेली कमला प्रसार्इकाे अथक प्रयास पश्चात न्यूयोर्कमा रहनु भएका नेपाली समुदायका साथै अन्यन्य मान्यजनहकाे सुझाव, सल्लाह र सहयोगका साथमा एनएण्डजे इन्टरटेन्मेन्ट इन्क, न्यूयोर्क अमेरिकाले अमेरिकामा बसोबास गर्ने नेपाली बालबालिकाहरूकाे मनोबल बढाउने हेतु एक ट्यालेन्ट शो सम्पन्न भएकाे छ ।

न्युयोर्कमा गरिएको नेपाली बालबालिकाको ट्यालेन्ट शोमा अमेरिकामा जन्मेहुर्केका नेपाली मुलका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाएका छन् । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले आयोजना गरेको ट्यालेन्ट शोमा बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गर्दा अभिभावक र उपस्थितहरु पनि रमाएका थिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा अमेरिकामा जन्मेका वा हुर्कदै गरेका नेपाली मुलका बालबालिकाहरुले विभिन्न विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । नृत्य, गायन, संगीत, अभिनय, फेशन शो र चित्रकलामा ४० जनाभन्दा धेरै बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताका विजेताहरु
बालबालिकामाझ विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो भने विजेताहरुलाई महावाणिज्यदूत मधुकुमार मरासिनीले मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगिताका विजेताहरुमा राज बज्राचार्य, कविन शाह, अष्टिन आचार्य, रमिला सुवेदी, सोनिया शाह, एलिसा बिष्ट, अर्मानी महर्जन, श्रेया शाक्य, निश्मा शाक्य, एन्जिला राई, श्रीसा शाक्य, काश्भी खरेल, स्वेता सापकोटा, कृति पोखरेल, विश्लेक्स प्रधान, सगुन राई, कृस पोखरेल, प्रिसिला सिंह, प्रिन्सेस सिंह, सुचना सुवेदी, श्री पन्थी, जेनिसा रिजाल, सम्राट सिंह डंगोल, बेलिना देवकोटा, प्रिती पोखरेल, इभा पुडासैनी, कृष्टिना दाहाल, साया राई, असिती पोखरेल, आभा थपलिया, इस्पा सेडाई, आयुसा श्रेष्ठ र अन्य बालबालिकाहरु रहेका थिए ।

डाक्टर कमल पाण्डे, पूर्व पाध्यापक अजय छुचुन, डाक्टर मधुकृष्ण श्रेष्ठ मधुमाधुर्य, संचारकर्मी बिष्णु सिंह बैजु, नृत्य निर्देशक बिनिता पौडेल र युवा लेखक राजन थपलियाको निर्णायक मण्डलले विजेताहरु छनौट गरेको थियो ।

कार्यक्रममा एन एण्ड जे टिम कोअर्डिनेटरहरु कमला प्रसाई, डाक्टर मधुकृष्ण श्रेष्ठ, संचारकर्मी बिष्णुसिंह बैजु, कलाकार संगिता मुखिया छुचुन, कलाकार न्हुच्छेनारायण डंगोल, श्रुती अमात्य र पूजा न्यौपानेले कार्यक्रम व्यवस्थापन गरेका थिए । कार्यक्रममा श्रुती अमात्यले सबैलाई स्वागत गरेकी थिइन् ।

तीनजनालाई सम्मान
कार्यक्रममा नेपाली समाज र अन्य क्षेत्रमा योगदान दिने दुईजना र एक संस्थालाई सम्मान गरिएको थियो । भगवान बुद्धबारे अनुसन्धानमुलक पुस्तक लेख्ने डाक्टर कविताराम श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । उहाँको उपन्यास लाइट अफ द हिमालयज बुद्धले बुद्धत्व प्राप्त गरेको विषयमा विश्वसनीय श्रोत बनेको छ । डाक्टर मधुकृष्ण श्रेष्ठले कविताराम श्रेष्ठका तर्फबाट सम्मान ग्रहण गर्नुभएको थियो ।

त्यस्तै एनआरएन बोर्ड सदस्य बिष्णुमान प्रधानलाई पनि कार्यक्रममा सम्मान गरियो । सन् २०१५ को महाभुकम्पमा आमासहित परिवारका कैयन सदस्य गुमाएका प्रधानको सामाजिक कार्यको प्रसंसा गर्दै सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै सर्वसाधारणलाई विश्वसनीय सुचना प्रदान गरेबापत अमेरिकाको सबैभन्दा उत्कृष्ट नेपाली म्यागाजिनका रुपमा खसोखास साप्ताहिकलाई सम्मान गरिएको थियो । जसको सम्मानपत्र प्रधानसम्पादक किशोर पन्थीले ग्रहण गर्नुभएको थियो ।

अरु के के भयो ट्यालेन्ट शोमा ?
ट्यालेन्ट शोको अध्यक्षता चर्चित लेखक तथा कलाकार आलेक्स गार्गिलिसले गनुएभएको थियो भने अनुज थापा र दिपिका श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए । नेपाली र अँग्रेजी राष्ट्रिय गानका साथ सुरु भएको ट्यालेन्ट शोको सुरुमा चर्चित गायक यमबुद्ध, चर्चित गीतकार कुसुम गजमेर, आचार्य खेमराज केशवशरणजी, प्रोफेसर डिना बांगदेल, सगरमाथा आरोही मिनबहादुर शेरचन लगायत तराईमा बाढीमा ज्यान गुमाउने र अन्य दिवंगतप्रति श्रद्धाञ्जलीका लागि एकमिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत मधुकुमार मरासिनीले नेपाली मुलका बालबालिकाको ट्यालेन्ट शो आयोजना गरेकोमा एन एण्ड जे एन्टरटेन्मेन्ट इन्क अमेरिकालाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा नेपाली समाजका विभिन्न व्यक्तित्वहरुको उपस्थीति रहेको थियो भने अधिकांशले आफ्ना छोराछोरीहरुलाई कार्यक्रममा सहभागी गराएका थिए । कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सघाउने सबैलाई एन एण्ड जे इन्टरटेन्मेन्टकी अध्यक्ष कमला प्रसाईले धन्यवाद दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖