भ्रष्टाचारी ले पनि चुनाव लड्न पाउने व्यवस्था गर्न प्रधानमन्त्री कै दबाब

यी हुन् भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरू

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ। अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी रहेको थाहा खबरले लेखेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन्। सांसदहरूले राखेको संशोधनअनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ।

यी हुन् भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरू

राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्द।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।