बामदेब र प्रचण्डको बाक्लियो सम्बन्ध, ओलीलाई साक्षी राखेर के खिचडी पकाऊदैछन ?

नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको हिमचिम नयाँ विषय होईन । उनीहरुबीच १२ बुँदे सम्झौता हुनु अघि भूमिगत कालदेखिकै सम्बन्ध हो । भूमिगत कालमा उनी बार्ताको लागि रोल्पासम्म पनि पुगेका थिए । त्यो सम्बन्ध उनीहरु अहिलेसम्म पनि कायमै छ ।

एमाले र माओवादीबीचको पार्टीगत सम्बन्ध बिग्रेको अवस्थामा पनि प्रचण्ड र बामदेबको सम्बन्ध यथावत नै रहँदै आएको छ । प्रधानमन्त्रीमा कांग्रेसलाई समर्थन गर्दा समेत आफूले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीको नेतृत्वमा सरकार बनाएको उल्लेख गर्दै समय आउँदा एमालेबाट अर्को नेतालाई प्रधानमन्त्री बनाउन पनि भूमिका खेल्नु पर्ने अवस्था आउने बताएर बामदेबप्रति संकेत गरेका थिए ।

अहिले फेरि प्रचण्ड र बामदेबबीचको भेटवार्ता बाक्लिएको छ । आजै पनि उनीहरुबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार पछिल्लो समयमा प्रचण्ड र एमालेका नेताहरुबीच दिनँहु जसो छलफल हुने गरेको छ ।

भेटवार्तामा एमालेले बामदेबलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै निर्वाचन अघिनै उनको नेतृत्वमा गठबन्धन निर्माण गर्न आग्रह गर्दै आएको छ । तर प्रचण्ड तत्कालै गठबन्धन तोड्ने योजनामा नरहेको स्रोतहरुले बताएका छ ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनपछि यो विषयमा सोच्न सकिने भन्दै बामदेबलाई आश्वासन दिएका छन । केपी ओलीले समेत थाईलैण्डबाट फर्किएर आएपछि यस विषयमा प्रचण्डसँग कुराकानी गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।