कांग्रेस र माओवादी केन्द्रसँग ‘धुरुधुरु’ रोएर बस्नुको विकल्प छैन : नेपाल
हेटौंडा । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस र माओवादी केन्द्रसँग ‘धुरुधुरु’ रोएर बस्नुको विकल्प नभएको बताएका छन् ।

हेटौंडामा बुधबार आयोजित कार्यक्रममा नेता नेपालले स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्रको महाबिजोग र कांग्रेसको बिजोग भएको बताए । ‘
मओवादीको महाबिजोग, कांग्रेसको बिजोग भएको छ,’ उनले भने ‘अब दुवै पार्टीसँगै रोएर बस्ने बाहेक अरु उपाए छैन । उनले तराई–मधेसकेन्द्रित दलहरुलाई ‘विचरा’को संज्ञा दिए ।
प्रदेश नम्बर २ को निर्वाचनबाट मधेसी दलहरु विचराको हालतमा पुग्ने दाबी उनले गरे । – अन्नपूर्ण पोस्ट


