कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको फैसला पाएका दोषीलाई गृहमन्त्री शर्माको निर्देशनमा यसरी भगाइयो

बारा, १६ भदौ । अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका सत्तारुढ माओवादी कार्याकर्तालाई गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरीले भगाएको छ । २० वर्ष कैद सजाय पाएका बिश्रामपुर गाउँपालिका २ बरैनिया गाउँ बाराका माओवादी कार्याकर्ता अशोककुमार साह कलवारलाई अदालतको आदेशपछि प्रहरीले नियन्त्रणमा लिएर कारागार नपठाई भगाइदिएको हो ।

सर्वाेच्च अदालतबाट जन्मकैदको सजाय पाएका र सर्वाेच्चले बारम्बार पक्राउ गर्न सरकारलाई पत्राचार गरेका बालकृष्ण ढुंगेललाई प्रहरीले उन्मुक्ति दिइरहेका बेला बारामा आदालतको आदेश अवज्ञा गर्दै प्रहरीले माओवादी कार्यकर्तालाई भगाएको हो । अदालतले कैद सजाए गरेका माओवादी कार्याकर्ता साह गाउँमै रहेको सूचना पाएपछि साहलाई छतवा प्रहरी चौकीको टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न सुरुमा जिल्ला प्रहरी कार्यालयले पत्र काटेको थियो ।

गाउँमा गएको प्रहरी टोलीले कलवारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा ल्याएपछि उनलाई छुटाउन माओवादीका केन्द्रीय नेताहरु जिल्ला प्रहरीमा पुगेका थिए । माओवादी नेताहरु क्षेत्रबहादुर श्रेष्ठ, सुरेश साह, लवकुश बएखा, मनिर देवान, रवीन्द्र यादबसहित पुगेर प्रहरी उपरीक्षक बैदवार र मुद्दा शाखाका प्रहरी निरिक्षक साहलाई ज्यान मुद्दाका दोषी छाड्न दवाब बढाएका थिए । माओवादी नेता समेत रहेका गृहमन्त्री जनार्दन शर्माको दवाव आएपछि र माओवादी नेताहरु उनलाई छुटाउन त्यहाँ पुगेपछि जन्मकैदको फैसला पाएका दोषीलाई भगाइएको थियो ।

जिल्लाको निर्देशनपछि छतवा प्रहरी चौकीले भादौ ५ गते कलवारको घर घेरा हाली बिहानै ४ बजे पक्राउ गर्न सफल भएको थियो । साह पक्राउ गर्ने बेलामा छतवा प्रहरीको टोलीलाई स्थानीयहरुले अवरोध गरेका थिए । पक्राउ गर्न खटिएका प्रहरीहरुका अनुसार त्यतिबेला झन्डैझन्डै गोली चलाउनु पर्ने अवस्था आएको थियो ।

प्रहरी चौकी छतवाका इन्चार्ज प्रहरी नायब निरीक्षक नन्दकिशोर सिंहसहितको टोलीले जिल्लाको आदेशअनुसार दोषी ठहर कलवारलाई पक्राउ गरेको थियो । पक्राउ परेका कलवारलाई छतवा चौकीले भदौ ५ गते जिल्लाबाट गएको प्रहरी निरिक्षकको टोलीलाई हस्तान्तरण गरेको थियो ।

जिल्ला प्रहरीको नियन्त्रणमा आएका उनी कारागार भने चलान भएनन् । दश लाख रुपैयाँको आर्थिक प्रलोभन र गृहमन्त्री शर्माको आदेशमा उनलाई छोडिएको हो । ‘सानो पावरले उनलाई भगाइएको होइन । १० लाख रुपैयाँ र गृहमन्त्रीज्यूबाट निर्देशन आएपछि कलवार उम्केका हुन्’, जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले वताए ।

२०५८ सालमा भारत बिहारको सीमावर्ती गाउँ विश्रपुर घर भई बरैनिया ससुरालीमा बस्दै आएका स्थानीय मुन्नी ठाकुरका श्रीमान् लालबाबु लोहार ठाकुरको भएको हत्यामा कलवारलाई तत्कालीन पुनरावेदन अदालत हेटौंडा र सर्वोच्च अदातलले दोषी ठहर गर्दै कैद सजाए हुने फैसला गरेको थियो । कलवारलाई पुनरावेदन अदालत हेटौंडाले ०७१ कार्तिक २४ गते र सर्वोच्च अदालतले ०७३ साउन २८ गते दोषी ठहर गर्दै २० वर्ष सजाय हुने फैसला गरेको थियो ।

२० वर्ष कैद सजाय तोकिएका कलवार माओवादीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहको नजिकका कार्याकर्ता मानिन्छन् । उनकै योजनामा जिल्लाका माओवादी नेताहरुले प्रहरीमाथि दवाब दिइएको थियो । प्रहरीबाट छुटेका कलावार हिजाओज बरैनिया पुगेर खुलेआम हिँडडुल गरिरहेको स्थानीयले बताए । कलवारले प्रहरीबाट छुटेपछि आफूलाई पक्राउ गर्न सहयोग गरेको भन्दै स्थानीयलाई समेत धाकधम्की दिइरहेको एक स्थानीयले बताए । – चक्रपथबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।