मलेसियाबाट आयो दुःखद खबर ! नेपाली र तमिलबीच छुरा हानाहान, ८ नेपाली सम्पर्कविहीन
भाद्र १८ । रोजगारीका लागि मलेसियामा रहेका ८ जना नेपाली बेपता भएका छन् । तमिल मुलका ब्यक्तिसित झगडा भएपछि छुरा हानाहान भएको र त्यसपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका निरेन्द्र यादवसहित ८ नेपाली बेपता भएका हुन् ।
निरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारीअनुसार निरेन्द्र सर्लाही र सुनसरीका २-२ जना तथा महोतरीका ३ जना सँगै मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए । आठैजना मलेसियाको पेनाङस्थित जाम्बुलमा रहेको जियुएच सर्किट इन्डस्ट्रीज पिजी एसडिएन बीएचडीमा कार्यरत रहेका थिए ।
गत २९ अगस्ट साँझ पौने सात बजेदेखि निरेन्द्रसहित उनका साथी समेत सम्पर्कबिहीन भएको वैद्यनाथले जनाए । उनीहरु बस्दै आएको कन्तारमा डेरा नजिकै रहेको डिस्कोमा हल्ला बढी भएपछि उनीहरु डिस्को पुगेर सुत्नमा हल्लाले समस्या भएको भनेर डेरा फर्किएपछि केही तमिल मुलका युवाहरु आएर झ्याल ढोका फोडी कुटपीट गर्दै छुरा हानेको उनीहरुसित बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दे निरेन्द्रका जेठान वैद्यनाथले बताए । कान्तिपुरमा खबर छ – उक्त दिनदेखि उनीहरु कहाँ र कुन अवस्थामा रहेको भन्ने खबर नरहेको उनले बताए ।
बैद्यनाथले खोजी गरिदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरे । आफ्ना सात साथीसहित निरेन्द्र सम्पर्कविहीन भएपछि सप्तरीको रम्पुरा मल्हनियास्थित उनको घरमा रुवावासी नै चलेको छ । निरेन्द्रकी श्रीमती रम्भादेवीले भनिन्,‘नेपाल सरकार, मेरो श्रीमान्सहित सम्पर्कविहीन भएका नेपालीको अवस्था पता लगाउन सहयोग गरिदिनोस् ।’


