नायिका झरनाको एक यस्तो फ्यान जस्ले हात काटेर रगतले लेखिन ‘आई लभ यु’ (हेर्नुहोस् भिडियोसहित)
सुवास संकल्प / आफुले मनपर्ने ब्यक्ती नजिक देख्दा खुशिको सिमा रहन्न । अहिले यस्तै भएको छ, तर खुशिको सिमा मात्र हैन यहाँ त आफ्नै हात काटेर रगतले आई लभ यु लेख्ने फ्यान भेटिएको छ । बेला बेला नेपाली सिने क्षेत्रमा यस्ता खाले घटनाहरु हुने गरेको छ । फिल्म “ए मेरो हजुर-२” ले प्रदर्शन पश्चात् आक्रमक व्यापार गरे संगै कलाकारहरु “साम्राज्ञि, सलिन र सलोन” को तारिफै तारिफ छ ।यता निर्देशक झरना थापाको भने यति क्रेजी फ्यान भेटियो, जस्ले आफ्नै हात काटेर रगतले आई लभ यु लेखेको पत्र सम्झना स्वरुप दिएकी छिन । यतिमात्र हैन उनले झरना थापाले अभिनय गरेको ५३ ओटा फिल्म हेरेकी छिन भने झरनाको फोटोहरु संकलन गरेर धेरै एल्बमहरु तयार गरेकी छिन । उनलाई स्कुलमा पनि झरना नै भनेर चिन्छन भने उनले झरना अभिनित फिल्मका धेरै गीतहरु आफ्नो कापिमा लेखेकी छिन । मान्छे सानी तर झरना थापाको निकै ठुलो फ्यान उनको नाम सरिता श्रेष्ठ हो । कपनमा बस्ने उनी संग मोबाईल, नेट लगायतका सामग्रीहरु छैन, तर साथिहरुको साथमा उनले यो सब आफ्नो मन पर्ने कलाकारको लागि गरेकी हुन । नायिका तथा निर्देशक झरनाले पनि सरितालाई मोबाईल उपाहार स्वरुप प्रदान गरेकी छिन । अन्य बिस्तृतको लागि तलको भिडियो हेर्नुहोला :
https://youtu.be/hOvmfVVZHmQ


