नौ कक्षा पढ्दै गरेकी करिष्मा मानन्धर भन्छिन्,– फिल्ममा त ‘डाक्टर’ नै गरेँजस्तो लाग्छ

काठमाडौं । अभिनेतृ करिष्मा मानन्धर त्रिवेणी स्कूल मैतीदेवीको कक्षा ९ की विद्यार्थी हुन् । धेरैलाई अचम्म लाग्न सक्छ । उनी कक्षा ८ पास गरेर अहिले कक्षा ९ मा अध्ययनरत छन् ।

“अहिले म साना साना भाइबहिनीहरुसँग पढ्ने काममा व्यस्त छु,” मानन्धरले सोमबार बेलुकी पत्रकारहरुसँग भनिन्, “म अहिले स्कूल जान्छु भन्दा कति महिलाहरुलाई प्रोत्साहन पनि हुन्छ । अहिले म कक्षा ९ मा अध्ययनरत छु । कक्षा ८ मा भर्ना भएर परीक्षा दिएकी हुँ ।” करिष्माले नियमित कक्षा जान नपाउँदा खबर गर्ने गरेको पनि जानकारी गराइन् ।

“कहिले पार्टीको काममा व्यस्त, कहिले फिल्मको काममा,” आफ्नो व्यस्त दैनिकीका बारेमा जानकारी गराउँदै भनिन्, “दैनिक कक्षा लिन नसके पनि परीक्षामा राम्रो गर्दिरहेछु भन्ने पुष्टि भैसकेको छ ।”

उनले कक्षा ८ को परीक्षा ग्यालेक्सी पब्लिक स्कूलबाट दिएको सुनाइन् । “म १४ वर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा लागेँ,” उनले भनिन्, “१४ वर्षको उमेरदेखि नै पढाई छाडिदिएँ । फिल्म क्षेत्रमा ३० वर्ष काम गरेँ । मैले त त्यो क्षेत्र (फिल्म) मा डाक्टर नै गरेँ जस्तो लाग्छ ।”

उनी आफू पार्टीमा लागेपछि पढाइको महत्व थाहा पाएको पनि बताइन् । “हुन त अहिले मैले नयाँ फिल्म बनाउँदैछु,” उनले भनिन्, “म फिल्मको काममा धेरै नै व्यस्त हुन्छु होला तर दैनिक क्लास लिन नसके पनि परीक्षा त दिन्छु नै ।”

उनले आफ्नो पढाइले धेरै महिलालाई प्रोत्साहन हुन सक्ने धेरैपटक सुनाइन् । मानन्धर अहिले नयाँ शक्ति पार्टीमा आवद्ध छन् । नयाँ शक्ति धेरैले छाडिसके तपाईँ के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्–म नयाँ शक्ति छाडेर कतै जादिनँ । किनकी हामीले यहिँ नै केही सक्छौं ।” उनले अन्य पार्टीमा अवसर खोजेर बाहिरिनेहरु नै बढी भएको बताएको ई२४ ईन्टरटेन्टमेन्टले उल्लेख गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।