२ नम्बर प्रदेशमा एमालेको अर्को जित, मलंगवामा दलित महिला सदस्य निर्विरोध

काठमाडौँ । असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो जित निकालेको छ ।

यसअघि बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य जितेको एमालेले सर्लाहीको मलंगवा नगरपालिकामा पनि एउटा वडा सदस्यमा निर्विरोध जित निकालेको हो ।

सर्लाहीको मलंगवा नगरपालिका वडा न १० मा सरिता देवीे दलित महिला वडा सदस्यमा मा निर्विरोध हुनुभएको हो । बुधबार सम्पन्न मनोनयन दर्तामा वडा नं २४ का मा दलित महिला सदस्यमा सरिता देवीको मात्रै उम्मेदवारी परेको थियो । अन्य प्रतिस्पर्धी नभएपछि उहाँ निर्विरोध हुनुभएको हो ।

यसअघि बारा जिल्लाको जितपुर–सिमरा उपामहानगरपालिका वडा नं २४ बाट एमालेले खाता खोलेको थियो । यो वडाको दलित महिला सदस्यमा आलमती देववी निर्विरोध निर्वाचित हुनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।