ओलीको प्रश्न,- कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ ? नेपाली जनताले जान्न चाहन्छन !

तनहुँ, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ नेपाली जनताले जान्न चाहेको बताएका छन् ।

एमाले तनहुँले भानु नगरपालिका-२ नारेश्वरटारमा आयोजित सभामा ओलीले देशको हित र समृद्धिको कुरा गर्दा हाँसो मजाकमा उडाइएको गुनासो गरे । भारतीय हेपाहा प्रवृति र देशहित विरुद्धका गतिविधीको विपक्षमा कुरा गर्दा कांग्रेस र माओवादी नेताहरु खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवादको उपमा दिएको भन्दै उनले भने, ‘प्रचण्डीय राष्ट्रवाद र शेरबहादुरीय राष्ट्रवाद कस्तो हुन्छ ?’

कांग्रेसप्रति आक्रमक रूपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको कांग्रेसलाई कसले चलाएको छ भनि प्रश्न गरे । ‘माओवादी अब सकिँदै गएकाले उसका बिषयमा टाउको दुखाउन आवश्यक छैन,’ उनले भने, ‘कांग्रेस माथि सहानुभूति मात्रै बाँकी छ ।’

पूर्वपश्चिम रेल, समुद्रमा नेपालको पानीजहाज, हावाबाट बिजुली, स्मार्ट सिटी, खानीहरूको उत्खनन् जस्ता विषयका उठाउन गर्दा मजाकका रुपमा उडाइएको गुनासो गर्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘कांग्रेसमा कुन जमानाका मान्छे छन् ? इनारको भ्यागुताले माथिल्लो सतहको आकाश देखेजस्तै भा’छ कांग्रेसका लागि यो कुरा ।’

माउ किराले दराजमा राखेको चिना खाएको जस्तै कांग्रेसले जनताको भविश्य ‘कट्क्ट’ गर्दै टोकेर सिध्याएको उनको दाबी छ । राष्ट्रवादी, प्रगतिशील र देशको उन्नती चाहने ब्यक्ति अब कांग्रेसमा बस्न नहुने उनको जिकिर छ ।

ओलीले आगामी प्रदेश र संघीय संसदको चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।