गायिका आस्था राउत को नजरमा कस्तो पुरुष सुन्दर ?

आस्था राउत, गायिका / मानिसहरु सुरुमै मन सफा भएको मान्छे मनपर्छ भन्छन् तर त्यो कुरा भनाइ मात्रै हो ।

सुरुमा त शरीर राम्रो, नराम्रो नै हो हेर्ने चलन छ । त्यसैले अनुहार, शारीरिक बनोट मिलेको ‘हेन्डसम’ केटा नै मलाई मनपर्छ । तर उसको अनुहार मात्रै राम्रो भएर भएन, दिल पनि सफा हुनुपर्यो । फेरि यसका लागि लामो संगत हुनुपर्यो, उसको बानी बेहोरा बुझ्नुपर्यो ।

खासमा मलाई केटाहरु ‘म्याथम्याटिक्स’ जस्तै लाग्छन्, जति बुझ्यो त्यति गाह्रो । मलाई जुन बेला पनि कालो चस्मा लगाउने केटा त्यति मन पर्दैन किनभने आँखा जुधाएर गफ गर्ने केटा मेरो रोजाइ हो । पढेलेखेको हुनुपर्यो, सामाजिक हुनुपर्यो ।

सामान्य कपडा लगाए पनि चिटिक्क मिलाएर लगाउने हुनुपर्यो । मलाई फेरि यो ब्रान्ड, त्यो ब्रान्ड भनेर धमास देखाउने केटा पनि मन पर्दैन । पहिलोपल्ट कुनै केटा देख्दा भने मेरो नजर जुत्तामै जान्छ, उसले कस्तो जुत्ता लगाएको छ, सुहाएको छ या छैन भन्ने हुँदोरहेछ । त्यसो भन्दैमा चप्पल लगाएको केटा मन नपर्ने भन्ने होइन । ड्रेसअनुसार हाफपेन्टमा चप्पल लगाएको केटा मलाई खुब मनपर्छ । नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।