ब्यङ्ग: शेरु काकाको ५३ जनाको मन्त्रिमण्डल
शेरु काकाको ५३ जनाको मन्त्रिमण्डल

बाउन्न पत्ता त्रिपन्न खेल जोकर त लाउनै नपर्ने भो
सबै सल्लाह दुताबासले नै दिने भो दिल्ली धाउनै नपर्ने भो
भनेको गरि दिने यतै भेटेपछी अराउन आउनै नपर्ने भो
जति जना मन्त्रि बनाए पनि हुने बन्देज लाउनै नपर्ने भो
समानुपातिक बाटै सभासद नियुक्ति जनमत पाउनै नपर्ने भो
सिधा साधा र इमान्दार त् राजनीतिमा आउनै नपर्ने भो
संक्रमण काल कति लम्बाउने हो अरु उपाए लाउनै नपर्ने भो
जनतालाइ कागजी अधिकार मात्र रे रोजगारी त् पाउनै नपर्ने भो
देश-भक्तिका चर्का नारा ठोक्छन जनताले देश-भक्ति गाउनै नपर्ने भो
चोर फटाह र भ्रस्टचारिलाई त् अख्तियार र अदालत धाउनै नपर्ने भो
बिज्ञ र बुद्दिजिबिका लागि नेपाल काम गर्ने ठाउनै नपर्ने भो
४० कटेसी रमाउला साइली भनेको त देश फर्केर आउनै नपर्ने भो !!!


