एलिजा गौतम भन्छिन,- ग्ल्यामरस दृश्य दिन श्रीमान्‌सँग सहमति लिइसकेकी छु – हेर्नुहोस् भिडियो

एलिजा गौतम श्रीमान् ऋषि धमलाको सहयोगमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । दुई सन्तानकी आमा समेत रहेकी २३ वर्षीया एलिजा आफ्नो एक छोरी र छोरा आमाको जिम्मा लगाएर चलचित्र ‘अनुराग’को सुटिङमा हिँडेकी छिन् । अनुरागमा उनी नायिका र निर्माताको रुपमा रहेकी छिन् ।

घर परिवार राजनीतिक क्षेत्रमा लागेकाले उनलाई चलचित्र क्षेत्रमा आउन सजिलो नभएको एलिजाले बताइन् । उनी भन्छिन्, ‘घर परिवार राजनीतिमा भएकाले होला फिल्म क्षेत्रलाई राम्रो मान्नुहुन्न र उहाँहरुले नजाउ भन्नु भएको थियो । तर, श्रीमान् (ऋषि धमला)ले तिम्रो सपना हो जाउ भन्नु भो र यस क्षेत्रमा आएकी हुँ ।’

चलचित्रमा आउँदा उनलाई कुनै अप्ठारो र शंकोच नरहेको बताएकी एलिजाले यस क्षेत्रमा आफू ढुक्क भएर लाग्ने जानकारी दिइन् । उनी भन्छिन्, ‘सबैजसो नेपाली नायिकाहरु विवाह र बालबच्चा भएपछि घरायसी व्यवहारले गर्दा सिने–क्षेत्रबाट गायव हुन्छन्, तर म त सबैकुरा भइसकेपछी आएको छु, त्यसैले म डराउनु पर्ने केही छैन, ढुक्क छु की यस क्षेत्रमा म लामो समय टिक्न सक्छु ।’

उच्च नेता, प्रशासक, कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग खरो अन्तर्वार्ता लिने गरेका पत्रकार ऋषि धमलाले आफ्नी पत्नी नायिका तथा निर्माता एलिजालाई बोलाए भने कस्तो पश्न गर्लान ? मिडिया एनपीको जिज्ञासामा एलिजा भन्छिन्, ‘म त्यहाँ ऋषि जीको श्रीमती भएर होइन एक कलाकारको नाताले गएको हुनेछु, उहाँले सोहीअनुसार प्रश्न सोध्नु पर्छ ।’

चलचित्र क्षेत्रमा लागेपछि कथा र परिवेशअनुसारको पहिरन र अभिनय आवश्यक पर्छ । कथाको आवश्यकतामा एजिला छोटा कपडा लगाउन राजी होलिन् ? उनी भन्छिन्, ‘कथाअनुसार ग्ल्यामरससट दिन तयार छु । यस विषयमा ऋषि जीसँग कुरा भइसकेको छ ।’

– मिडिया एन पी बाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।