निशान भट्टराई पूर्व आउदै, बिराटनगर-ईटहरी हुँदै उर्लाबारीसम्म कार्यक्रम

ईटहरी, नेपाली गायनको मेघा रियालिटी शो अर्थात अन्तर्राष्ट्रिय फ्रेन्चाईज “नेपाल आईडल” को टप ३ मा पुग्न सफल बिराटनगर निवासी निशान भट्टराई विशेष कार्यक्रम सहित पुर्वान्चल आउने भएका छन । यहि मंगलबार अर्थात भोलि उनि पुर्व आउने भएका हुन । विशेष गरि आफ्नो सपोर्टर, फ्यानलाई भेट्ने उद्देश्य सहित निशान आउन लागेका हुन ।

पहिलो कार्यक्रम बिराटनगरमा बिहान ११ बजे कन्चनबारी चोकमा राखिएको छ भने १२ बजे ईटहरी स्थित ईटहरी मेडिकल अगाडि आउने छन । त्यसपछि २ बजे उर्लाबारीमा आफ्नो फ्यान, सुभचिन्तक तथा आफन्त भेट्न जाने छन । पूर्व निर्धारित कार्यक्रम अनुसार धरान, दमक देखि काकरभित्ता सम्मको कार्यक्रम तय गरिएको थियो तर नेपाल आईडलको टीमबाट उक्त असहमति भएपछी फेरि ठाउँ घाटाउदै समय परिवर्तन गर्नुपरेको संयोजक दृश्यान्त भट्टराईले बताएका छन ।

निशान कतारको दोहामा यहि सेप्टेम्बर २२ मा हुने नेपाल आईडल फाईनलको अन्य प्रतिष्पर्धी प्रताप दास र बुद्ध लामाको दाबेदारी प्रतियोगी हुन ।

यो पनि हेर्नुहोस् – को बन्छ नेपाल आईडल ? भबिस्यबाणी…

https://youtu.be/r1YRrw1Qey8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖