पूर्वका निशान भट्टराईलाई भब्य स्वागत, यस्तो देखियो क्रेज – हेर्नुहोस भिडियो
ईटहरी, नेपाली गायनको मेघा रियालिटी शो अर्थात अन्तर्राष्ट्रिय फ्रेन्चाईज “नेपाल आईडल” को टप ३ मा पुग्न सफल बिराटनगर निवासी निशान भट्टराई विशेष कार्यक्रम सहित पुर्वान्चल आएका छन । विशेष गरि आफ्नो सपोर्टर, फ्यानलाई भेट्ने उद्देश्य सहित निशान आएका हुन । पहिलो कार्यक्रम बिराटनगरमा बिहान ११ बजे कन्चनबारी चोकमा राखिएको छ भने १२ बजे ईटहरी स्थित ईटहरी मेडिकल अगाडि आउने छन । त्यसपछि २ बजे उर्लाबारीमा आफ्नो फ्यान, सुभचिन्तक तथा आफन्त भेट्न जाने छन । पूर्व निर्धारित कार्यक्रम अनुसार धरान, दमक देखि काकरभित्ता सम्मको कार्यक्रम तय गरिएको थियो तर नेपाल आईडलको टीमबाट उक्त असहमति भएपछी फेरि ठाउँ घाटाउदै समय परिवर्तन गर्नुपरेको संयोजक दृश्यान्त भट्टराईले बताएका छन । निशान कतारको दोहामा यहि सेप्टेम्बर २२ मा हुने नेपाल आईडल फाईनलको अन्य प्रतिष्पर्धी प्रताप दास र बुद्ध लामाको दाबेदारी प्रतियोगी हुन ।
https://youtu.be/xo8vxRUHvH8


