जब निशान भट्टराईले ‘तुलसी आँगनमा रोपौँला’ गीत गाए, बुद्ध र प्रताप ले मञ्चको चारैतर्फ घुमेर यसरी दर्शकलाई नचाए – हेर्नुहोस् भिडियो
नेपाल आइडलको फाइनलमा पुगेका तीन जना प्रतिस्पर्धीले शनिबार काठमाडौंका दर्शकलाई नचाएका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित ‘पर्फमिङ लाइभ’ कन्सर्टमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराईको प्रस्तुतिमा दर्शक झुमेका थिए । त्यस्तै अर्का प्रतिस्पर्धी निशान भट्टराईले ‘तुलसी आँगनमा रोपौँला’, ‘जसो गर, जे गर जता सुकै लैजाउ मलाई’ गीत गाइरहँदा दर्शक त नाचेकै थिए । मञ्चमा रहेका अन्य दुई प्रतिस्पर्धी बुद्ध लामा र प्रताप दास पनि नाचेका थिए । निशानले गीत गाइरहँदा बुद्ध र प्रताप मञ्चको चारैतर्फ घुमेर दर्शकलाई नचाइरहेका थिए । घरिघरी तीनै जना प्रतिस्पर्धी सेल्फी खिचिरहेका थिए । विभिन्न चरणहरु पार गर्दैै नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध, निशान र प्रतापमध्ये एकले नेपाल आइडलको उपाधि हात पारे पनि तीनै जना प्रतिस्पर्धीले दर्शकको माया उत्तिकै पाएका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले आउँदो सेप्टेम्बर २२ मा कतारमा हुनेछ । फाइनमा नेपाल आइडलको टप १२ सम्म पुग्न सफल भएका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ ।
https://youtu.be/rjnACa86W0g


