मध्यराती माओवादी केन्द्रका पोलीटव्युरो सदस्य सहित पत्रकार महेश्वर मौन अवधिमा पर्चा सहित समातिए
बारा । स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार शुक्रबार मध्यरातदेखि नै प्रदेश २ मा मौन अवधि चलिरहेको छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसार लगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ । यसैक्रममा निजगढका माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रबिराज दंगाल र पत्रकार मेहेश्वर अधिकारी सहित निजगढ ६ बागदेवमा आचारसंगिता उलङगन गर्दै प्रचारप्रसार सामाग्री सहित राती एघार बजे समातिएका छन ।




