राजपाका अध्यक्ष महन्थ ठाकुरले भोट हाल्न पाएनन्

काठमाडौं, २ असोज । २ नम्बर प्रदेशमा उत्साहजनक रुपमा मतदान भइरहदा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले भने भोट हाल्न पाएनन् । स्वास्थ्यका कारण उनले भोट हाल्न नपाएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएकाले उहाँ मतदान नगरी सर्लाहीबाट काठमाडौं फर्किएको राजपाका नेता राजेन्द्र महतोले बताए । ठाकुर सर्लाही बलरा नगरपालिकाको मतदाता हुन् ।

सर्लाहीमै घर भएका राजपाका शीर्ष नेताहरु महतो र महेन्द्रराय यादवले भने मतदान गरेका छन् । महतोले चन्द्रनगर नगरपालिकाको खोबारी मावि र यादवले हरिपुर्वा नगरपालिकाको रामजानकी मन्दिर केन्द्रबाट मतदान गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।