कतार उड्न लागेको ‘नेपाल आइडल’को टिम, यस्तो छ ग्रान्ड फिनालेको तयारी… (भिडियो सहित)

अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। ‘नेपाल आइडल’ को कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय मा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर बिदाई गरेका हुन्।

उक्त बिदाई कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दाससहित अन्तिम १२ प्रतिस्पर्धी सहभागी थिए। असोज ६ अर्थात सेप्टेम्बर २२ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ कतार जाँदै छन्।

कतारमा हुने अन्तिम प्रतिस्पर्धाबाट नेपालको पहिलो आइडलको घोषणा हुँदै छ। कतारको सनैया स्थित एम्पि थिएटरमा नेपाल आइडलको ग्राण्ड फिनाले हुँदैछ।

आइडलको फाइनलमा पुगेका प्रताप, निशान र बुद्धले खाली हात फर्कनु नपर्ने आयोजकले जनाएको छ। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।