२ नं. प्रदेश मा काँग्रेसको अग्रता, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । प्रदेश २ मा सोमबार भएको मतदानको प्रारम्भिक मतपरिणाम आउन थालेका छन्। मतगणना भइरहेका सिरहा, रौतहट, सर्लाही, धनुषाको प्रारम्भिक मतपरिणाम आउँदा सत्तारुढ काँग्रेस सबैभन्दा अगाडि देखिएको हो।

मतगणना भइरहेकामध्ये १२ स्थानीय तहका मेयरमा काँग्रेसले अग्रता लिइरहेको छ। उपमेयरमा १३ ठाउँमा काँग्रेसको अग्रता छ।

एमाले काँग्रेसभन्दा झन्डै आधा कम ७ स्थानमा अगाडि रहेको छ भने राजपाले ५ स्थानमा अग्रता लिइरहेको छ। केही ठाउँहरुमा स्वतन्त्र उम्मेदवारले समेत अग्रता लिइरहेका छन्।

दुई नं। प्रदेशको मुख्य सहरहरु वीरगन्ज, जनकपुरको मतपरिणाम आउने क्रममा छ। तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार निर्वाचन भएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।