कांग्रेसका नेता बिमलेन्द्र निधिकै क्षेत्र मुखियापट्टीमा एमाले उम्मेदवार बिजयी ! गाउँ छाडने उर्दीलाई मतबाट गरे जनताले प्रतिवाद

धनुषा । नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

धनुषाको हंशपुर नगरपालिका वाडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कापर, मुखियापट्टी मुसहरनियामा १ मा कौशल यादव र वडा नं २ मा नरेश यादव विजय हुनु भएको हो । नेपाली काँग्रसका नेता एवं पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर मुखिया पट्टि मुसरनिया गाउपालिका १ र २ मा एमाले उम्मेदवार प्यानलसहित वडा अध्यक्षमा बिजयी हुनुभएको हो ।

सो गाउँमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको थियो । प्रहरीको चरम दमनको बावजुद एमाले उम्मेदवालाई जनताले रोजेका हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।