महालक्ष्मी नगरपालिका स्थित डाडागाँउमा खोप केन्द्र उद्घाटन

धनकुटा खबर, ३ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका वडा न. ३ डाडाँगाउँमा खोप केन्द्रको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । डाडाँगाउँ स्वास्थ्य चौकी अन्र्तगत बाह्य खोप केन्द्रको उद्घाटन गरीएको हो ।

खोप केन्द्रको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले उद्घाटन गर्नुभएको छ । सो अवसरमा खोप केन्द्रको भवन निमार्णका लागी ४ आना जग्गा निशुल्क प्रदान गर्नुहुने जग्गादातालाई सम्मान गरिएको छ । स्थानिय जग्गादाता डम्बरहादुर गुरुङ्गलाई सम्मान पत्र तथा दोसल्लाद्धारा सम्मान गरिएको छ ।

खोप केन्द्र स्थापना भएसँगै खोप पाउने उमेरका बालबालिकाहरुलाई खोप दिने,गाउँघर क्लीनिक कार्यक्रम अन्र्तगत गर्भवति महिलाका जाचँ तथा अन्य सामान्य उपचार सेवा समेत प्रदान गरिने डाडाँगाउ स्थास्थ्य चौकी प्रमुख भिम पौडेलले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।