मेरो विवाह भावीले लेखेकै रैनछ, बाँचुञ्जेल दिपकसँगको सम्बन्ध टुट्दैन् : दिपाश्री निरौला

हाँस्यकलाकार दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् । उनले भनेकीछिन्,‘ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ, हुन त विवाह गरेर पन आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन।’ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले निरौलासँग गरेको कुराकानीको सम्पादित अंश :’

दशैं कत्तिको लाग्यो नि ?
व्यस्त छु । रातभरी छक्का पञ्जाको काम आजको दिनमा पनि चलचित्रकै काममा छु ।

रातभरी के काम गर्नुभयो ?
मिक्सिङ्को काम थियो । ११ गते प्रदर्शनको मिति आईसकेको कारण पनि हामी तिव्र गतिमा काम गर्दैछौँ । छक्का पन्जा–२ को प्रतिक्षामा दर्शक हुनुहुन्छ । त्यही भएर पनि हामी अझै व्यस्त छौँ ।

छक्का पन्जा–२ को सबैभन्दा राम्रो पक्ष के हो बताउनुुस् त, जनता जान्न चाहन्छन् ?
यसको स्टोरी नै हो । सवल पक्ष कथामा हुन्छ ।

अनि कलाकारको भूमिका कस्तो छ नि ?
राम्रो छ। सबैले मन पराएको कलाकार हुनुहुन्छ । बैदेशिक रोजगारी नै यस चलचित्रको मुख्य थिम हो । बैदेशिक रोजगारमा जाँदाका अनेक पीडाहरुलाई हामीले दृश्यमार्फत देखाउने प्रयास गरेका छौँ।

यो चलचित्रमा तपाई आँफैले गीत गाउनुभएको छ ?
गीत गाउन त गाएकी छैन। समावेस गीत गाउन सक्छु । निधारमा रातो टिका कानमा जमरा, भन्ने बोलको गीत मज्जाले गाउन सक्छु ।

चाडवाडको बेला घरपरिवारको जमघट हुन्छ र तपाईको चलचित्र पारिवारिक छ कि छैन ?
छ । हाम्रो चाहना पनि यही हो ।

कत्तिको हेर्लान दशैंको बेलामा चलचित्र ?
धेरै माया गर्नुहुन्छ। यो वर्षपनि हामीले फूलपातिको दिन प्रर्दशनको मिति लिएका छौँ । राम्रै हुन्छ।

व्यापार राम्रै होस भन्ने चाहना छ ?
व्यापार त त्यस्तै हो । ऋषिदाई पैसा भन्दापनि दर्शकको माया चाहिन्छ ।

पैसा पनि त चाहिन्छ नि होईन र ?
पैसा पनि चाहिन्छ । तर विषय बस्तु टुलो कुरा हो । पैसा भन्दा हाम्रो साम्रागी बढि हुनुपर्यो ।

नेपाली चलचित्र हेर्न काम बढेको हो ?
हो । पक्कै पनि पछिल्लो समयमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ। पहिले हलमा गएर नेपाली चलचित्र हेर्ने काम हुँदैन थियो । आजभोलि सबै चलचित्रहरुलाई हेरि दिनु भएको छ । यो नै हाम्रो सफलता हो । हलिउड र बलिउड नहेरेर नेपाली चलचित्र हेर्नेको संख्या बढेको छ। हिन्दि चलचित्रलाई रोक लगाउनु पर्छ भन्नेमा म छैन । दर्शकलाई तुलना गर्नको लागि छोडि दिनुपर्छ । राम्रो चलचित्र निमार्ण गर्ने हो भने दर्शकले नेपाली चलचित्र नै हेर्नेमा दुईमत छैन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको जोडि कहिलेसम्म रहन्छ ?
सदा रहिरहन्छ । दर्शकको माया रहेसम्म रहनेछ । हाम्रो क्रियशनलाई रुचाएसम्म रहनेछ। हामीले काम गरेको मन पराउनुभएको स्थितिमा अविरल बग्दछ ।

उसो भए तपाईहरुबीच कहिल्यै विवाद हुँदैन ?
हामी बीचमा कुनै त्यस्तो विवाद हुँदैन । चलचित्रको काम गर्दा हाँसेरै गछौँ । कुनै मतमतान्तर छैन ।

तपाईको विवाह गर्ने उमेर भयो नि ?
तपाई केटा खोजिदिनुस् न । म ज्योतिष र भाग्यको भरपर्ने मान्छे हो ।

ज्योतिषले के भन्नु भएको छ नि ?
ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ ।

विवाह गरेर पनि यो काम गर्न सक्नु होला नि ?
सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन।

कहिले आउँछ त त्यो दिन ?
आउला नि । एउटा नारीको विवाह हुनुपर्छ भन्ने सबैको चाहना हुन्छ । मेरो पनि चाहना छ ।

तपाईलाई सबै भन्दा मन पर्नेमान्छे दिपकराज गिरी नै हो नि ?
हाहाहा..उहाँसँग त अहिले यति काम गरिरहेको छु । मन नपर्ने कुरा हुन्छ र ? उहाँलाई मैले मन नपराए कसले मन पराउछ र ? बाँचुञ्जेलसम्म उहाँसँगको सम्बन्ध टु्ट्दैन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।