‘म त बाँच्दिन’ भनेर फोन राखेको केहीबेरमा जीवन झुण्डिएको अवस्थामा भेटिए

युएईको उम्मलक्विनमा एक नेपाली मृत भेटिएका छन् । रोल्पाको सुकीदहका जीवन केसी गएको गएको शुक्रबार कम्पनीको ग्यारेजमा राखेको क्रेनमा झुण्डिएको अवस्थामा भेटिएको जीवनका भाइ सर्जन केसीले जानकारी दिनुभयो ।

श्रीमतीसँग फोनमा झगडा परेपछि आवेशमा आएर जीवनले आत्माहत्या गरेको भाइ सर्जन र छिमेकी कृष्ण डाँगीको भनाई छ । शुक्रबार कामबाट फर्केपछि श्रीमतीसँग फोनमा झगडा भएपछि जीवनले कृष्णलाई फोन गरेका थिए ।

‘उनीहरुकै लागि विदेश आए, ऊ चाँहि सधैं अनावश्यक झगडा गर्ने, म त बाँच्दिन । यो तिम्रो मेरो अन्तिम बोलचाल हो साथी, अर्को जुनीमा भेटौँला मैले आत्महत्या गर्दै छु भनेर फोन राख्यो,’ कृष्णले जीवनले फोनमा भनेको कुरा सुनाउनुभयो ।

कृष्णले जीवनलाई सम्झाउन पनि पाउनुभएन । त्यतिबेलै युएईको रसअलखेमामा काम गर्ने जीवनका साइला भाइ सर्जन केसीलाई कृष्णले खबर गर्नुभयो ।

कृष्णका कुरा सुन्ना साथ दाइलाई फोन गर्दा जीवनको फोन स्विच अफ भैसकेको सर्जनले बताउनुभयो । त्यसपछि सर्जनले कम्पनीका जीवनका साथीलाई फोन गर्नुभयो । साथीहरुले जीवनलाई कोठामा नदेखेपछि सोधिखोजी गर्दा कम्पनी कै ग्यारेजमा राखिएको क्रेनमा झुण्डिएको अवस्थामा जीवन मृत भेटिएका थिए । कम्पनीले सर्जनलाई जीवन मृत भेटिएको बताएको थियो ।

जीवनको दुई छोरी र एक छोरा छन् । युएई गएपछि परिवारलाई जीवनले परिवारलाई दाङमा कोठा खोजेर राखेका थिए । केसीले दुई वर्ष अघि घर विदामा आउँदा जग्गा किनेका थिए ।

त्यही जग्गाको ऋण तिर्न पठाएको पैसा ऋण नतिरेको भन्दै जीवनको श्रीमतीसँग झगडा भैरहने गरेको साथी कृष्णले बताउनुभयो । ८ वर्ष अघि दाइले भिजिट भिषा पठाएपछि जीवन युएई आएका थिए । जग्गा किन्दा लागेको ऋण तिरेर नेपाल फर्कने योजना थियो जीवनको ।

जीवन युएईको अजमानमा रहेको लूतह लेम्मेन्स एलएलसी नामक कम्पनीमा स्काफोल्डरको काम गर्नुहुन्थ्यो । जीवनका जेठो दाइ र साइलो भाइ युएई मै कार्यरत छन् । जीवनको मृत्युको जानकारी दूतावासमा गराइसकेको र कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाउने तयारी भईरहेको रसअलखेमामा कार्यरत रेशम लामाले जानकारी दिनुभयो । उज्यालोबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।