धनकुटामा पाचौ दिनमा पनि खुलेन अस्पतालको सेवा !
धनकुटा खबर । शुक्रबार देखि शुरु भएको डाक्टरहरुको आन्दोलनका कारण ५ औ दिन पनि धनकुटा अस्पतालको ओपिडी सेवा बन्द रहेको छ ।

ओपिडी सेवा बन्द भएपछि उपचार गर्नको लागि सर्वसाधारणहरुले जिल्ला बाहिर र बिपी मेमोरियल धरानमा धाउनु पर्ने भएको छ ।
आफूहरुले राखेको माग पुरा नभए सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द रहने अस्पतालका निमित्त जिल्ला स्वस्थ्य प्रमुख प्रिति यादबले बताउनु भयो ।
शोमबार मन्त्रीपरिषदको आकस्मिक बैठकले डाक्टरका माग पूरा गर्न सरकार सकारात्मक रहेका भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे पनि नेपाल चिकित्सक संघले त्यसलाई अस्वीकार गरेको छ ।
स्पतालमा मृत्यु भएका बिरामीकक्षतिपूर्ति सम्बिन्धित डाक्टरहरुबाट क्षतिपूर्ति भराउने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि डाक्टरहरुले आन्दोलन थालेका हुन् ।


