पर्यटन दिवसको अवसरमा हिले बजार सरसफाई (फोटो फिचर सहित)
धनकुटा खबर । पर्यटन दिवसको अवसर पारी हिले पर्यटन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको आयोजनामा आज हिले बजार सरसफाई गरिएको छ ।

विहान ७ वजेवाट हिले पुच्छर तोङ्गवाचोक देखी थालिएको सरसफाई कार्य अन्र्तगत झण्डै १० वजे सम्म माईक्रो स्टेन, हिले सिरान रत्न षडेश्वर शिवालय मन्दिर, न्यू रोड सहित वजार क्षेत्रको सम्पूर्ण भू–भागको सरसफाई गरिएको हो ।

यहाँ घुम्न आउने पर्यटकहरुलाई लक्षित गर्दै र नेपालकै सफा शहर घोषित धनकुटा वजारलाई भावि दिनमा पनि सफा राख्ने कार्यलाई निरन्तरता दिन सहयोग पुर्याउने लक्षका साथ सरसफाई गरिएको कार्यक्रममा जानकारी दिईएको छ । सरसफाई कार्यमा सडक किनारमा अव्यवस्थित रुपमा फालिएका फोहर टिप्ने पसल, वस एवम् माईक्रो स्टेन वरिपरि फालिएका फेहर संकलन गर्ने र घर अगाडी सडक छेऊ राखिएका अनावश्यक वस्तुहरु हटान लगाउने लगायतका काम गरिएको छ ।

सरसफाई समापन कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटा नगरपालिका वडा नं हिलेका वडाध्यक्ष निरन तमाङ्गले यहाँका धार्मिक स्थल वक्रकुण्ड पञ्चेश्वर माहादेव मन्दिरलाई थप आकर्षक वनाउदै विकास गर्नका लागि सिढी लगाउने,जौटार सामुदायीक वनमा पर्यटक आकर्षणका लागि पूर्वाधार विकास गर्ने लगायतको योजना रहेको जानकारी गराउनुभयो ।

त्यस्तै हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले आ आफ्नो घर र सडक वरिपरि सवैले सरसफाई गर्नाले पर्यटक आकर्षणमा टेवा पुग्ने भन्दै कार्यक्रममा सहभागी भईदिएको प्रति वजारवासी सवैलाई धन्वाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा हिले प्रहरी चौकी,धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरन तामाङ्ग,अन्य सदस्यहरु हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्ट,सचिव चन्द्रकृष्ण ठकुरी हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग,सहित वजारवासीको सक्रिय सहभागीता रहेको थियो ।



