मलेसियामा लाखौ पैसा उठाएर गायव भए मनि ट्रान्सफर वाला यी जोडी, ठगलाई पक्राउ गर्न सहयोग माग्दै पिडितहरु
क्वालालम्पुर । दशैँ कै मुखमा मलेसियामा कार्यरत नेपाली कामदारहरुको लाखौ रुपैया कुम्ल्याएर एक जोडी फरार भएका छन ।

५० नेपाली कामदारहरुको कुल ६८,७०० मलेसियन रिंगेट अर्थात १७ लाख नेपाली रुपैया लिएर मोरङ जिल्ला सुन्दरकोशी हरैचा नगरपालिका वार्ड नम्बर ५ निवासी चेवन प्रसाद गिरि फरार भएको पिडित मध्यक एक दया शंकर गुप्ताले बताए । पिडितहरुले यो भन्दा अगाडी पनि धेरै पटक उनि मार्फत नेपाल पैसा पठाई सकेको र समय मै पाएको हुनाले यो पाली दशैँमा अझ बढी रकम पठाएका थिए । तर यहि मौका छोपी ठग फरार भएको देखिन्छ ।
मलेसियाको क्वालालम्पुर स्थित प्रभु मनि ट्रान्सफरमा कार्यरत रहेका चेवन प्रसाद गिरिले होटेल पनि संचालन गर्दै आएका र त्यहि होटेलमा खाना खाने करिब ५० नेपालीले उनलाई नेपाल पठाउन पैसा बुझाएको बताए । सुरुका दिनमा उनीहरुले मणि ट्रान्सफर कै अफिसमा गएर पैसा पठाउने गर्दथे तर जव चेवन प्रसाद गिरिले होटेल मै दिनु म अफिसमा लगेर पठाई दिन्छु भने तव देखि उनीहरुले होटेलमा नै पैसा बुझाउने गरेका थिए । विस्वास गरी त्यहाँ बुझाएको रकम पनि धेरै पटक नेपालमा आफ्नो परिवारको हात राम्रै तरिकाले परेको हुदा पिडितहरुले उनको भरोसा गर्दै आएको बताए ।
४५ जनाबाट एडभान्स ३०० रिंगेट र भैरहवाका दया शंकर बानियाँबाट ८,१२० रिंगेट, काठमाडौ निवासी युवराज शर्माबाट ८,२०० रिंगेट, दाङका सुनिल कुमार गिरिबाट ५,००० रिंगेट, उदयपुरका शंकर बस्नेतबाट ४,५०० रिंगेट, महोत्तरीका राकेश कुमार झाको ४,०३५ रिंगेट गरी जम्मा ६८,७०० रिंगेट लिएर ति जोडी गायव भएका हुन् ।

नेपाल पुगेर पनि ठग गिरि पिडितको सम्पर्कमा आए तर पैसा दिन बिभिन्न बहाना बनाइरहे अन्तत पैसा दिएनन । त्यस पछी आफुहरु ठगिएको निर्क्योल गरी पिडितहरु क्वालालम्पुरमा रहेको नेपाली राजदुतावासको सम्पर्कमा पुगेका थिए । ठगिएको निबेदन परे पछी दुतावासले कारबाहीको लागी नेपालस्थित सम्बन्धित बिभागमा जानकारी गराएको र कारबाही अगाडी बढेको जनाएको थियो । सो कुरा ठग गिरीले थाहा पाए पछि उजुरी हाल्ने पिडित युवाहरु माथि स्थानीय गुण्डाहरु लगाएर कुटपिट गरेका छन । गिरीले नेपालबाट नै निर्देशन दिई पिडितहरु बस्ने कोठा मै गएर हिजो बुधबार दुइ जनालाई कुटपिट गरेका थिए । पिटेको चोट सहितको तस्बिर

गुण्डा लगाई पिडितलाई कुटपिट
ठग गिरि हाल झापा मै कतै लुकिछिपी बसेको हुन सक्ने पिडितहरु बताउछन ।

– साझा पेजबाट साभार गरिएको ।


