अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको निहुँमा ६ वर्षे बालकको हत्या !

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो तथा दर्दनाक घटना भएको छ । ६ वर्षका एक बालकको हत्या भएको छ । अनि उक्त हत्याकाण्डमा एक १९ वर्षे युवक पक्राउ परेका छन् ।

हत्याको कारण निकै अनौठो खालको छ । अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले ज्यान गुमाएका हुन् ।

समाचार अनुसार रोहित नामका १९ वर्षे युवकले ती ६ वर्षे बालकको बुवाबाट २० हजार भारु रकम फिर्ता लिनुथियो । त्यसका लागि उनले बालकको अपहरण गरेर आफ्नो घरमा लगेका थिए ।

ती बबुरा बालकले अपहरणकारी रोहितकी श्रीमतीले नुहाउन थालेको बेलामा नुहाइरहेको हेरेका रहेछन् । जब आफ्नी श्रीमतीले नुहाउन थालेको बेलामा ती बालकले देखेको कुरा रोहितले पत्तो पाए तब उनलाई रिसको पारो तात्यो । त्यसपछि उनले ती बालकको टाउको भित्तामा ठोकिदिएर हत्या गरे ।

रोहितले पुलिससँगको बयानमा हत्याको त्यो अनौठो कारणको खुलासा गरेपछि सबै अचम्ममा परे । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।