दलाल मार्फत भिजिट भिजामा युएई पुगेका २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए

दलाल मार्फत भिजिट भिजामा आएका २२ नेपालीको युएईको अजमानमा विचल्ली भएको छ । दलालहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारि दुई महिना अघि ती नेपालीहरुलाई युएई ल्याएका थिए ।

हेटौंडाका दिनेश मोक्तान , ईमानसिंह सेनतेन र काठमाडौमा पाण्डुरा मेनपावर एजेन्सी चलाएर बस्ने केशव थापाले उनिहरुलाई भिजिट भिजामा युएई ल्याएका हुन ।

राम्रो काम र तलब हुने आश्वासन देखाई आफुहरुलाई युएई ल्याएर विचल्ली बनाएको पीडित नेपालीहरुले बताए । उनीहरुले आफुहरुलाई विचल्लि बनाउनेहरुको विरुद्ध शुक्रबार नेपाली दूतावास युएईमा निवेदन समेत दिएका छन् ।

विचल्लीमा परेका २२ नेपालीहरुको संयुक्त दस्तखत रहेको निवेदनमा काठमाडौको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशव थापा , रमेस कुँवर र दिनेश लामाले रोजगारीको प्रलोभनमा पारी आफुहरुलाई युएई ल्याएर विचल्ली पारेको उल्लेख छ । उनिहरुले दलाल उपर आवश्यक कार्वाही प्रक्रिया अघि बढाई घर फिर्ताका लागि हवाई टिकट र दलाललाई बुझाएको रकम फिर्ता गाराईदिन आग्रह गरेका छन् ।

श्रावण महिनाको विभिन्न मितिमा ल्याईएका उनीहरुलाई एउटा साँघुरो कोठामा जबर्जस्ति कोचेर राखिएको थियो । ८ जना मात्रै बस्न मिल्ने कोठामा जबर्जस्ति २२ जना राखिएको र खाना समेत नदिएको गोर्खाका चन्द्रबहादुर गुरुङले बताए । गुरुङले केशव थापालाई २ लाख ७० हजार बुझाएको बताए । त्यस्तै मोरङका विष्णु कुमार खवासले २ लाख ५० हजार नगद सहित १६ सय डलर बुझाएको बताए । यसैगरी सबै नेपालीबाट दलालले २ लाख देखि ५ लाखसम्म लिएको पीडितहरुले बताए ।

उद्दारमा जुट्यो एनआरएनए
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले शुक्रबार दिउँसो अजमानमा नेपाली विचल्ली परेको खबर पाउनसाथ एनआरएनए सहित स्थानीय नेपाली संघसंस्थासंग समन्वय गरेका थिए ।

शेर्पा सहित नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुवेदी , नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल , नेपाल प्रेस युनियन युएईका अध्यक्ष नारायण भुर्तेल सहितको टोलि शुक्रबार स्थलगत अध्यनका लागि गएको थियो ।

पीडितहरुको अवस्था बुझेर फर्किए लगत्तै उक्त टोलिले नेपाली दूतावासलाई जानकारी गराएको थियो । सोही दिन साँझ नेपाली दूतावासका श्रम सहचारि हिरा यादव र एनआरएनए युएईका केन्द्रिय सदस्य दिनेश पराजुलीले क्याम्प भ्रमण गरेका थिए । एनआरएनएले तत्काल पीडितहरुलाई ग्याँस , पानी , तेल , दाल , चामल लगायतको खाद्यान्न सहयोग गरेको थियो ।
दूतावासका श्रम सहचारी हिरा यादवले पीडित नेपालीहरुको यथाशीघ्र उद्दारका निम्ति पहल गर्ने बताएकी थिईन ।

क्याम्पबाट निकालिए पीडित
शुक्रबार दूतावासका प्रतिनिधि , एनआरएनए र पत्रकारहरु पुगेपछि केहि राहत महसुस गरेका पीडित नेपालीहरु शनिबार क्याम्पबाटै निकालिएका छ्न ।
दलालले २ महिना देखि क्याम्पको भाडा नतिरेकाले क्याम्प व्यवस्थापनले उनिहरुलाई शनिबार दिउँसो क्याम्पबाट निकालेको हो ।

क्याम्पबाट पीडितहरु निकालिएपछी एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ र दिनेश पराजुलीले उद्दार गरि दुबईको देरा स्थित अर्को लेबर क्याम्पमा लगेर राखेका छन् ।

शनिबार मध्यरातसम्म श्रेष्ठ र पराजुली पीडितहरुको उद्दारमा जुटेका थिए । पीडित नेपालीहरुलाई आज (आईतबार ) नेपाली दूतावासमा पठाउने श्रेष्ठले बताए । विभिन्न प्रलोभनमा पारी नेपालीहरु विदेश ल्याएर विचल्ली बनाउने दलालहरुलाई कानुनी कार्वाहीका लागि पहल गर्ने उनले बताए । – रामकुमार परियार / संयन्त्र ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।