नेपाली गीतमा विदेशी जोडीहरुको नाचले मच्चायो हंगामा – हेर्नुहोस् भिडियो
चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा बिदेशीको दमदार नृत्य भिडियो
काठमाडौं । हामी नेपाली जहाँ गए पनि कानमा ‘हेडफोन’ लगाउँदै विदेशी गतिहरु सुन्दै हिँड्ने गर्छौं । तर, नेपाली गीतहरु विदेशीहरुले कत्तिको मन पराउँछन् भन्ने यथार्थ एक भिडियो हेरे मात्र पुग्छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ५ जना विदेशी जोडीले भर्खरै मात्र बजारमा सार्वजनिक गरिएको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेका छन् । उक्त भिडियोमा ३ वटा गीतलाई समावेश गरिएको छ । चलचित्र पर्वको गीत ‘काले दाई काले दाई’ र अल्मोडा राना उप्रेतीको चर्चित फन्टास्टिक गीतमा उनीहरुले अभिनय गरेका छन् । हेर्नुहोस् उनीहरुले नाचेको यो भिडियो


