युएई मा अलपत्र परेका २२ नेपाली न्याय खोज्दै दूतावासको शरणमा !

युएई । दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्‍याएको हो।

दुई महिना पहिले काठमाडौंको धुम बाराही स्थित पानडोरा ईनकर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले विभिन्न प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएका उनिहरुलाई अलपत्र परेका थिए।

अलपत्र परेका २२ जना पीडितहरु बस्दै आएको कोठाबाट उनीहरुलाई दशैको दिन मध्यरातमा निकालिएको थियो। उनिहरु मध्यरातमा बास बस्न नपाएर अलपत्र परेको खबर पाएपछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनिको कोठामा ल्याएर बस्ने व्यवस्था मिलाएका थिए।

‘अहिले उनिहरु दूतावासको शरणमा छन’, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले नागरीकन्युजसंग भने, ‘पीडितहरु नेपाल नफकंर्दासम्म बस्नको लागि व्यवस्था नेपाली दूतावास युएईले गर्ने छ भने खानको व्यवस्था एनआरएनए युएईले गर्ने मिलाएका छौं।’ पीडितलाई न्याए दिलाई दलाललाई कारबाही गर्न एनआरएन युएईले दूतावासमा निवेदन समेत दिएको छ। एनआरएनले यसबारे परराष्ट्र तथा गृह मन्त्रालय र गैरआवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषदमा समेत निवेदन पठाएर कारबाहीको माग गरेको श्रेष्ठले बताए।

भिजिट भिषामा युएई आएर अलपत्र पर्नेहरुमा सिन्धुपाल्चोकका फन्जो तमाङ, काभ्रेका नरेश तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका उज्वल घले, विपिन कुवर, चन्द्र बहादुर गुरुङ, तनहुका ज्ञान बहादुर तामाङ, हेटौडाका भिम बहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ,सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकास मोक्ताङ, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाकेका तुलसी प्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल, मोरङका विष्णु कुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बाल कृष्ण ओली रहेका छन्।

दूतावासले पठायो परराष्ट्र र गृहमन्त्रालयमा निवेदन

विभिन्न प्रलोभनमा पारी भिजिट भिषामा युएई ल्याएर अलपत्र परेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेपछि दूताबासले दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउने आश्वासन दिएको छ। सोमबार नै नेपाली दूतावास युएईका कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनले पीडितहरुलाई उद्दार गरी दलाललाई कारबाही गर्न परराष्ट्र मन्त्रालय मध्यपूर्व, पश्चिम एशिया तथा अफ्रिका महाशाखा र गृहमन्त्रालयमा पत्राचार गरेको दूतावासले जनाएको छ । – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।