सुर्ति नियन्त्रण जिल्ला सन्जाल धनकुटाद्वारा स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखिकरण

धनकुटा खबर । सुर्ति नियन्त्रण जिल्ला सन्जाल धनकुटाले स्वास्थ्य अधिकार हनन सम्बिन्धि घटना अध्ययनका लागि अभिमुखिकरण गरेको छ ।

उक्त कार्यक्रम स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समेटेर बर्ष पुस्तक प्रकाशनका लागि अभिमुखिकरण गरिएको संस्थामा संयोजक हुकुम प्रसाद दाहालले जानकारी दिनुभयो ।

संस्थाकी अध्यक्ष देवकुमारी वाग्लेको संयोजनामा सम्पन्न भएको उक्त एक दिवसिय कार्यक्रममा धनकुटा अस्पतालका जनस्वास्थ्य निरिक्षक शैलेन्द्र प्रसाद गुप्ताले स्वास्थ्य अधिकारको बिषयमा सहजिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपालको ६ प्रदेशका ५४ जिल्ला हुंदै धनकुटामा पनि सन्चालन गरिएको कार्यक्रम सहयोगी संस्था प्राथमिक स्वास्थ्य सेवा केन्द्र काठमाण्डौकी प्रतिनीधि टिना गोर्खालीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी महिलाहरुले प्रसुती सेवा लिंदा स्वास्थ्य कर्मचारीहरुले सुत्केरी जाँचकको मिति गतल लेखिदिएका कारण आफूहरुले सेवासुबिधा नपाएको गुनासो गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।