मनोज पुन समूहले लियो गौचन हत्याको जिम्मा !
काठमाडौं । निर्माण व्यवसायी सङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएका छन् । गौचनको आजनै काठमाडौँको बानेश्वरस्थित गोली हानी हत्या गरेको थियो ।

गौचनको हत्या गरेको सोमबार अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौँ प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरूले गोली हानेको दाबी गरेको हो ।
मनोज पुन समूहले गत वर्ष युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो। रुपन्देही देवदहका पुन सुरु सुरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरूमा व्यापारीहरुसँग महिना उठाउथेँ। – नयाँपेजबाट ।
यो पनि हेर्नुहोस्:
– नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो, निर्माण व्यवसायी गौचन घाइते, घटनास्थलमा प्रहरी परिचालन
– अपडेट : घाइते गौचनको उपचारको क्रममा मृत्यु !


