एसपी ले हवल्दार र प्रहरी जवान कुटे, प्रहरी जवान को दाहिने हातको बुढी औंलामा चोट

पोखरा । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र २ प्रहरी जवानमाथि कुटपिट गरेका छन् ।

एसपी सिंहले लेकसाइडस्थित पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई शुक्रबार कुटेका हुन् । तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ ।

एक पुरी थरकी महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको बताइएको छ । घटनाको विवरण अनुसार चौकीका ईञ्चार्ज असई जिलबहादुर भण्डारी आमा विरामी भएर असोज २० गते शुक्रबार पर्वतस्थित घर गएका थिए ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक वसन्त शर्मासँग विदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई ईञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी पुरी थरकी एक महिला मादक पदार्थ सेवन गरी दाजु दीपक पुरीको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र ब्यबहार नगर्न भने ।

तर, दीपकले दिदीलाई एक/दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एक/दुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिप्रका बोलाएर कुटपिट गरेका हुन् ।

एसपी सिंहले काम गर्ने क्रममा गलत गरेकाले जिप्रका झिकाएको तर, नकुटेको बताएका छन् ।

घटनालगत्तै विदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । हाल असई भण्डारी, प्रहरी हवल्दार महर र प्रहरी जवानद्वय त्रिपाठी र थापा जिप्रकामै छन् । पामेमा भने जिप्रकाबाट असईको नेतृत्वमा नयाँ टिम पठाएको बुझिएको छ । – अनलाईन खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।