गौचनको हत्या झन रहस्यमय बन्दै, भारतबाट आएका दुई ‘सार्पसुटर’ पक्राउ

नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ ।

सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ

भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् ।

शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।उनीहरु यसै हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ ।

पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।