प्रचण्डले भने,- मेरो काम नै पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वभाव नै पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले आफूले पार्टी निर्माण होस् वा आन्दोलन यी दुवै विषयमा कहिल्यै पनि विस्तारै–विस्तारै अगाडि बढ्ने कुरामा विश्वास नगरेको प्रष्ट पारे। ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने, आन्दोलनको पुरानो रुप भत्काउने नयाँ नीति अबलम्बन गरेँ।

समाजमा एउटा नयाँ तरंग पैदा गर्ने मान्छेका दिमागमा एउटा भिन्न बहस सृष्टि गर्ने र त्यही प्रक्रियामा समाजमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा विश्वास गरेँ। मैले र हाम्रो पार्टीले माक्सवादलाई त्यसरी नै बुझ्यो’, प्रचण्डले आफ्नो राजनीतिक यात्रा कोट्याउदै भने, ‘२०४६ सालको एतिहासिक जनआन्दोलन भन्दा अगाडि एउटा घटकको मैले महामन्त्री बन्ने अवसर पाएँ। जतिबेला महामन्त्री भए मेरो पहिलो काम चाहिँ आफू महामन्त्री भएको पार्टी भत्काउने नै भयो।

म महामन्त्री भएको केही महिनापछि नै एकता केन्द्र भत्काएर मसाल भन्ने पार्टी बनाएँ। एकता केन्द्र पाँच वर्ष चलाएपछि मैले एकता केन्द्र पनि भत्काएँ र माओवादी बनाएँ। १० वर्ष जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादी बनाएँ, अनि केही वर्ष एकीकृत माओवादी भएपछि अहिले त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौँ।’

प्रचण्डले एमाले र नयाँ शक्तिसँगको एकतातर्फ लक्षित गर्दै अब देशमा नयाँ शक्तिको रुपमा नयाँ पार्टी बन्दा माओवादी केन्द्र भत्किन लागेको प्रष्ट पारे। ‘तपाईंहरुले थाहा पाइसक्नुभो आज हाम्रो एकता र अर्को एकताको जो कुरा हुँदैछ। अब माओवादी केन्द्र पनि भत्किदै छ र अर्को नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदैछ।’

कम्युटिस्ट पार्टीको इतिहास उल्लेख गर्दै प्रचण्डले देशमा धेरै पार्टी होइन, केही निश्चित पार्टी हुनु प्रभावकारी हुन्छ भन्ने विषयमा निरन्तर बहस हुँदै आएको उल्लेख गरे।

‘अहिले कम्युनिस्ट राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको छ। कम्युनिस्टहरुले नयाँ सिराबाट आन्दोलनको नेतृत्व गर्नुपर्ने अवसर र चुनौती दुवै खडा भएको छ’, प्रचण्डले भने, ‘कम्युनिस्ट एक हुन सक्ने हो भने नेपालबाट समाजवादको नेतृत्व गर्न सकिन्छ। त्यही बाटो निर्माणका लागि एमालेसँग पार्टी एकताको बाटो अगाडि बढेको छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।