बाबुराम भट्टराई अब वामपन्थी कि दक्षिणपन्थी ?
काठमाडौं । केही दिन अघि बाम एकतामा सहभागि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अब वामपन्थी कि दक्षिणपन्थी के हुने भन्ने पक्का भएको छन । उनले गोरखामा काँग्रेससँग मिली चुनाव लड्ने तयारी गरेपछि उनको यात्रा के हुने भन्नेमा चाँसाेकाे विषय बनेकाे छ ।
आगामि मंसिरमा हुने निर्वाचनमा माओवादी केन्द्र र नयाँ शक्तिले गोरखाको क्षेत्र नम्वर २ नछोडेपछि बाबुराम भट्टराई त्रसिद देखिएका छन । आफ्नो पार्टीलाई गोरखा–२ मा नछाडिएको भन्दै नयाँ शक्तिले उम्मेद्वारी घोषणा गरेको छ भने माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठले पनि गोरखाको क्षेत्र नं २ नैं रोजेका छन ।
वामगठबन्धनमा गडबड भएपछि अव गोरखामा काँग्रेस र नयाँ शक्तिबीचको सम्भावित समीकरणमाथि छलफल शुरु भएको छ । गोरखा–१ मा काँग्रेसलाई र २ मा नयाँ शक्तिलाई छाड्ने विषयमा यी दुई पार्टीबीच अनौपचारिक कुराकानी भएको बताइएको छ ।


