गुण्डा नाइके गणेश लामा कांग्रेसबाट उम्मेदवार बन्दै !

काठमाडौं । गुण्डा नाइके गणेश लामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य समेत रहेका लामा गच्छदारसंगै कांग्रेस प्रवेश गरेका हुन् ।

गुण्डागर्दीबाट अकुत पैसा कमाएको भन्दै लामा विरुद्ध सम्पत्ति शुद्धिकरण विभागले छानविन गरिरहेको छ । लोकान्तरमा खबर छ- अकुत सम्पत्ति सम्बन्धी मुद्धा विशेष अदालतमा विचाराधीन छ ।

लामाले काभ्रेमा क्रसर उद्योग र टिप्पर सञ्चालन गर्दै आएका छन् । फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण हुने कार्यक्रममा बालुवाटार पुगेका लामा त्यहाँ सबैको चासोको केन्द्र बनेका थिए ।

लामा ड्यासमा प्रधामनन्त्री शेरबहादुर देउवाको पछाडि बसेका थिए । लोकतान्त्रिक फोरममा केन्द्रीय सदस्य रहेका लामाको कांग्रेसमा के हैसियत हुने भन्ने स्पष्ट भने भएको छैन ।

तर पनि उनलाई काभ्रेबाट कांग्रेसले प्रदेश सभाको उम्मेदवार बनाउने गरि गच्छदारले लविङ गरेका छन् ।
२०७० सालको संविधानसभा चुनावमा उनी काभ्रे एक बाट प्रत्यक्ष तर्फ उम्मेदवार बनेका थिए । चुनावमा उनको जमानत जफत भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।