आफ्नै पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल !

काठमाडौं । बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया कामना गुरुङलाई मरणासन्न बनाएका थिए ।

झण्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्किएकी छन् ।

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् ।

२० वर्ष यताको सम्बन्धविच्छेदका लागि पतिसँग कुरा गर्छु भनेपछि कामनामाथि विकासले आक्रमण गरेका थिए । –कान्तिपुर दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।