नेपाल को नाम नजान्दा एक भारतीयले गुमाए साढे १२ लाख, के थियो त्यो प्रश्न ?

काठमाडौं । नेपालकाे नाम नजान्दा एक भारतीय नागरिकले साढे १२ लाख भारतीय रूपैयाँ गुमाएका छन् ।

भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टेलिभिजनबाट प्रकासाशित कार्यक्रम कौन बनेगा करोडपति नामक क्विज कार्यक्रममा भारतीय एक प्रतिस्पर्धीले नेपालको नाम नजानेपछि उक्त रकम गुमाएका हुन् ।

कार्यक्रमका सञ्चालक अमिताभ बच्चनले प्रतिपर्धीलाई १० औं प्रश्नका रुपमा विक्रम सम्बत चल्ने देश कुन हो भन्ने प्रश्न सोधेका थिए, जुन २५ लाख भारतीय रुपैयाँ जिताउने प्रश्न थियो । अप्सनहरुमा नेपाल, इन्डोनेसिया, फिजी र चिलीको नाम थियो । तर, प्रतिपर्धीले उक्त प्रश्नको जवाफ दिन सकेनन् । उनको सबै सहयोगी विकल्प वा लाइफ लाइनहरुको प्रयोग भइसकेको थियो

।र, उनले १२ लाख ५० हजारको ९ औं प्रश्नबाटै कार्यक्रमबाट बाहिरिने निर्णय लिए । जबकी, उनले कार्यक्रमबाट बाहिरिने निर्णय गरिसकेपछि नेपाल भन्ने जवाफ नै दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।