बामगठबन्धनमा यसरी भयो क्षेत्र बाँडफाँड !, उपत्यकामा कसलाई कुन क्षेत्र ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले मंसिर २१ गते हुने दोस्रो चरणमा चुनावमा केहि निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ भने केहि क्षेत्रमा टुंगिन बाँकी रहेको छ ।

झापा, दाङ, अर्घाखाँची, सल्यान, उदयपुरलगायत केही जिल्लामा टुंगिन बाँकि रहेको छ । वाम गठबन्धनका नेता व्यवस्थापनमा समस्या भएपछि उक्त जिल्लाका नेताहरूको नाम एकता संयोजन समितिमा पठाइएको छ ।

काठमाडाैं उपत्यकाका प्रतिनिधिसभातर्फ १५ सिटमध्ये ११ सिट एमाले र बाँकि रहेको ४ सिट माओवादीले पाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । त्यसैगरि प्रदेशतर्फ ३० मध्ये २३ सिट एमाले र बाँकि रहेको ७ सिट माअोवादीले पाउने सहमति नजिक पुगेको बताइएको छ । माओवादीले प्रतिनिधिसभामा काठमाडौंको ६, ८ र १० पाउने सहमति भएको छ । प्रदेशतर्फ ३, ६ र १० मा दुई मध्ये एक/एक सिट लिने सहमति भएको छ ।

भक्तपुरमा एमालेले ३ प्रदेशसभा र माओवादीले प्रदेशसभामा एक सिट पाउने सहमति भएको छ ।

ललितपुरमा एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउने बताइएको छ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ ।त्यस्तै क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ । खबर डबली ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।