सुरु भयो आईजिपीको दौड, कसले मार्ला बाजी ?
काठमाडौं । डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट राजिनामा दिएर फर्किएका छन् ।
मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्तर्गत सुडानमा कार्यरत थिए । सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर, नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडेका हुन् ।
खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् ।अहिलेकै ऐन–नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्यालसहित सबै एआईजीले अवकाश पाउनेछन् ।
त्यो अवस्थामा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्ये एक आईजिपी हुने छन् । आफ्नो कार्यकाल २ वर्षको भएपनि मातृभुमीको सेवाका लागि नेपाल फर्किएको खरेलले फेसबुक स्टाटसमार्फत जनाएका छन् । खरेल नेपाल प्रहरीका ‘पहिलो हिरो’का रुपमा चर्चित छन् ।
एसएसपीसम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका उनी डिआईजीमा दोस्रो नम्बरमा पारिएको थियो


