यस्तो आयो गोरखाबाट ताजा मतपरिणाम…

गोरखा, २३ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोश्रो स्थानमा संघर्ष गरिरहनुभएको छ । श्रेष्ठले काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईबाट चार हजार ५९६ बढीले मतअन्तरले पछि परेका छन् ।

सो क्षेत्रमा ६० हजार मत खसेकामा अहिलेसम्म ५० हजार ४६ मतगणना भइसकेको छ ।

यसैगरी गोरखा–१ मा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याएर पछियाइरहनुभएको छ ।

यो क्षेत्रमा ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मतगणना सम्पन्न भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।