अबको प्रतिपक्षी दललाई सम्मानीत व्यवहार गर्ने : योगेश भट्टराई (भिडियो सहित)

ताप्लेजुङ, मंसिर २३ । ताप्लेजुङबाट प्रतिनिधिसभामा बिजयी हुनु भएका नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले अबको प्रतिपक्षी दललाई सम्मानीत व्यवहार गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा नेपाली काँग्रेशका केसब प्रसाद दाहाललाई फराकिलो मत अन्तरले पराजित गर्नुभएका भट्टराईले शनिवार सञ्चारकर्मि सँग कुराकानि गर्दै एमाले प्रतिपक्षमा भएको समयमा दिए जस्तो दुख अबको बाम गठबन्धनको सरकारले नदिने बताउनुभएको हो ।

देशभर बाम गठबन्धनको लहर आएको र अबको पाँच बर्ष राजनितिक प्रतिसोध साध्ने नभई काम गरेर देखाउने समय भएकाले प्रतिपक्षि दललाई पनि सँगै लिएर हिड्ने वातावरण बनाउने उहाँको भनाई थियो ।

ताप्लेजुङमा बाम गठबन्धनले प्रदेशसभा तर्फ सबै क्षेत्र र प्रतिनिधी सभा जिते पनि पराजित उम्मेदवार सँग सहकार्य गर्दै जिल्लाको विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने भट्टराईको भनाई छ । आफुले घोषणा पत्रमा उल्लेख भए अनुसार ५ बर्ष भित्रमा ताप्लेजुङलाई देशकै नमुना जिल्ला बनाउने दावि समेत भट्टराईको रहेको छ ।

ताप्लेजुङका मतदाताहरुलाई धन्यबाद दिदै विजयी भट्टराईले आफुले मतदाताहरु समक्ष आश्वासन दिएका कुरा पुरा गरेरै छाडने दाबी गर्नुभयो । शनिवारनै मुुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

प्रतिनिधिसभामा एमाले केन्द्रिय सचिव भट्टराईले २९ हजार ४७९ मत ल्याएर बिजयी बन्नु भएको हो । उहाका निकतम प्रतिश्पर्धी नेपाली काग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नु भएको थियो ।

भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖